नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०७५, १४ : २५
नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

काठमाडौँ । सरकारको विरोधमा एक युवाले सिंहदरबार अगाडि नग्न प्रर्दशन गरेका छन् ।  गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको विरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेट अगाडि एक युवाले नग्न प्रदर्शन गरेका हुन् ।
नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।
‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए । आफूलाई पशु अधिकारकर्मी बताउने बिपिन लिम्बूले एक्कासी कपडा खोलेर सडकमा उत्रिँदै प्रदर्शन गरेको सिंहदरबार बृत्तका डिएसपी काजीकुमार आचार्यले जानकारी दिए ।

सडकमा नग्न प्रर्दशनमा उत्रिएका उनलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती युवा जितिन लिम्बु हुन् । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ ।

नग्न प्रदर्शन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस