आइएमई लाइफ र ग्लोबल आइएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०७५, १३ : ५८
आइएमई लाइफ र ग्लोबल आइएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंकका तर्फबाट कार्यकारी अधिकृत जनक शर्मा पौडेलबीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात अव सर्वसाधरण तथा बैंकका गा्रहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्सले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सर्वाधिक बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीनगुणा रक्षावरण, नगदफिर्ता सहितको आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस