काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले ललिता निवास जग्गा प्रकरणको आरोपपत्र सच्याउन जिल्ला अदालतलाई अनुरोध गरेको छ ।अभियोगपत्रमा त्रुटि देखिएको भन्दै कार्यालयले जिल्ला अदालतमा पत्र पठाएर आरोपपत्र सच्याउन अनुरोध गरेको हो ।
केही आरोपितहरुको बिगो मागदावी घटाएको छ । संशोधन निवेदनबाट पूर्वमन्त्री चन्द्रदेव जोशीको विगो ६३ करोड १० लाख रुपैयाँबाट घटेर एक करोड ८ लाख रुपैयाँ मात्रै मागदाबी भएको छ ।
सरकारी वकिलको दाबी अनुसार, सीआईबीले विवरण फरक परेको थाह भएपछि सच्याइदिन आग्रह गरेको थियो । आरोपितको नामावलीबाट विनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम हटाइदिन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
दुई पूर्वप्रधानमन्त्रीविरुद्धको रिटमाथि पूर्ण इजलसामा सुनुवाइ हुँदै