काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बिहीबारको बहसमा बालकृष्ण न्यौपानेले नीतिगत निर्णयमा मुद्दा नचलाउने अख्तियारको निर्णयविरुद्ध आफूले दायर गरेको रिट र अख्तियारले पुनरावेदन गरेको मुद्दा लगाउमा राखी हेर्न माग गरेका थिए ।
त्यसपछि न्यायाधीश नित्यानन्द पाण्डेयले अख्तियारको पुनरावेदन सामान्य बेन्चमा रहेकाले लगाउमा राखी हेर्न मिल्ने हो वा नमिल्ने भनेर प्रश्न गरेका थिए ।
तर, अधिवक्ता न्यौपानेले अदालतले भविष्य समेत हेर्न पर्ने भएकाले लगाउमा राखेर हेर्न पर्ने तर्क राखेका थिए । त्यसपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अख्तियारको पुनरावेदनमा धेरै प्रतिवादी भएकाले ती सबै यता आएर मिसिएपछि हेर्न मिल्ने कि नमिल्ने भन्ने पनि हेर्नपर्ने बताएका थिए ।
उक्त अध्ययन आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइसँगै आजका लागि बहस टुंगिएर उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । आज नेपाल र भट्टराई विरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई पूर्वप्रधानमन्त्रीविरुद्धको रिटमाथि पूर्ण इजलसामा सुनुवाइ हुँदै