फिफा वरियतामा : नेपालको यथास्थान , विश्व विजेता फ्रान्स शीर्ष स्थानमा

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १९ : १६
फिफा वरियतामा  : नेपालको यथास्थान , विश्व विजेता फ्रान्स शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल यथास्थानमा रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल यसअघिकै १६१ औं स्थानमा रहन सफल भएको हो । विश्वविजेता फ्रान्स ६ स्थानमाथि उक्लि“दै शीर्ष स्थानमा छ । रसियामा सम्पन्न विश्वकप फुटबलको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधि जितेको थियो । त्यस्तै, फिफा वरियतामा बेल्जियम एक स्थान माथि उक्लिदै दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा ब्राजिल, चौथोमा क्रोएसिया, पाचौंमा उरुग्वे, छैटौंमा इंग्ल्यान्ड, सातौंमा पोर्चुगल रहेको छ । आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र दसौं स्थानमा डेनमार्क रहेको छ भने ६ स्थान तल झर्दै अर्जेन्टिना एघारौं स्थानमा रहेको छ ।
त्यस्तै, फिफा वरियतामा दक्षिण एसियाका देशहरुमा शीर्ष स्थानमा भारत रहेको छ । भारत ९६ औं स्थानमा रहेको छ । त्यस्तै, १४५ औं स्थानमा अफगानिस्तान रह“दा १५० औं स्थानमा माल्दिभ्स रहेको छ भने नेपाल १६१ औं स्थानमा रहेको छ । त्यस्तै, भुटान १८३ औं स्थानमा, बंगलादेश १९४ औं स्थानमा, श्रीलंका २०० औंं स्थानमा र सबैभन्दा पुछारमा २०१ औं स्थानमा पाकिस्तान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस