एनआईसी एशिया बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १८ : २४
एनआईसी एशिया बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस