बुटवलमा खोज अनलाईन सप सेवा सुरु

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १७ : ३१
बुटवलमा खोज अनलाईन सप सेवा सुरु


बुटवल । बुटवल तथा भैरहवा आसपासका नागरिकलाई अनलाईन बस्तु खरिद सेवाका लागि बुटवलमा पहिलो पटक खोज अनलाईन सप सेवा सुरु भएको छ ।
फेशन, ईलोक्ट्रोनिक/इलेक्ट्रिक,  फुटवेयर, फुड लगायतका बस्तु तथा समान खरिद तथा विक्रिका लागि विहीबारदेखि बुटवलमा खोज अनलाईन सपिङ्ग संचालनमा आएको हो  । बुटवलका उपभोक्ताहरुले अनलाईन सपिङ्गमार्फत १२ प्रकारका ३ हजार उत्पादन खरिद तथा विक्रि गर्न सक्ने खोज सप अनलाईन मार्केटिङले जनाएको छ ।

अनलाईन बस्तुसंगै सेवा समेत दिदै आएको खोजले निःशुल्क सेवाका लागि खोज इन्फो र समान खरिदका लागि खोज सप अनलाईन बनाएको हो । खोज अनलाईन सपका ओपरेशन म्यानेजर सन्तोश सुवेदीले बस्तु विक्रि गर्नका लागि र त्यहि बस्तु ग्राहकले किन्नका लागि खोज सप कोशेढुङ्गा हुने विश्वास ब्यक्त गर्नुभयो । रुपन्देहीको विभिन्न स्थानका २५ जनाको समुहले संचालनमा ल्याएको खोज इन्फो र खोज सप चलाउनका लागि २५ लाख लगानी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । हाल अनलाईन सपिङ्गको शुभारम्भको अवसरमा केही दिन बुटवल तथा भैरहवा क्षेत्रमा निःशुल्क डेलिभरीको ब्यवस्था रहेको र पछि किलोमिटरका आधारमा चार्ज लाग्ने अनलाईनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस