यसकारण स्लिम हुन्छन् जापानी महिलाहरु

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १६ : ४६
यसकारण स्लिम हुन्छन् जापानी महिलाहरु


पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् । जापानीहरुको औसत आयु ८४ वर्ष छ । यसमा उनीहरुको संस्कार र सभ्यता मात्रै होइन खानपानको शैलीको पनि ठूलो भूमिका छ । जापानी महीलाहरु स्लिम र सुन्दर देखिन सहयोग गर्ने केही बानी र संस्कार हरु यस्ता छन् । 

१. खाने संस्कार
जापानीहरुको खाना खाने संस्कार कुनै समारोहभन्दा कम हुँदैन । खाना खानुअघि उनीहरु ताली बजाउँछन् र टाउको झुकाएर भोजनप्रति कृतज्ञता व्यक्त गर्छन् ।

२.ब्रेकफाष्ट
जापानीहरुको ब्रेकफाष्टमा दिनकै सबैभन्दा धेरै खाना खान्छन् । पारम्परिक जापानी ब्रेकफाष्टमा स्टिम्ड राइस, चिया, तरकारी, मिसो सुप, प्रोटिन (अण्डा वा माछा) र विविध किसिमका साइड डिसहरु हुन्छ ।

३. बाइट साइज
एउटा मात्रै खाना धेरै खानुभन्दा भन्दा पनि उनीहरु विभिन्न परिकारहरु थोरै थोरै मात्रामा खाने गर्दछन् । यसमा अलि अलि प्राय सबै पोषण तत्वहरु मिसिएको हुन्छ ।

४. चामल
नेपालमा जस्तै जापानी खानामा पनि चामल अर्थात भात प्रमुख खाना मध्येमै पर्छ । जापानीहरु भात हरेक पटक जसो खान्छन्् (ब्रेकफाष्ट,लञ्च र डिनर) र कहिलेकाहिँ खाना खानुअघि स्न्याकका रुपमा पनि भात खाने चलन छ । जापानमा भात नुन र ध्यु केही पनि नहालिकनै पकाइन्छ ।

५.सिफूड
भातजस्तै सिफूड पनि जापानी खानाको महत्वपूर्ण पक्ष हो । टोकियोस्थित त्सुकिजी बजार सिफूडका लागि विश्वकै सबैभन्दा ठूलो थोक बजार हो ।

६.पकाउने तरिका
जापानमा खाना बनाउँदा तेलको प्रयोग एकदमै कम गरिन्छ । प्रायजसो जापानी खानाहरु स्टिुयुड, ग्रिल्ड गरिन्छ । खाना छिटो पाकोस् र त्यसमा भएको पोषक तत्व खेर नजाओस भनेर तरकारी तथा मासुहरु एकदमै पातलो गरेर काटिन्छ ।

७.सिजनीङ
खानेकुरा पचाउन सजिलो होस् भनेर जापानी खानाहरु एकदमै सरल प्रकारका सिजनिङ गरिन्छ ।

८.वोटविरुवाजन्य खाना
जापानीहरु आफ्नो खानामा धेरै मात्रामा विरुवाजन्य खानालाई समावेश गर्छन्, जसले हल्का र ताजा महसुस गराउँछ । तरकारी तथा फलफुलमा पोषक तत्वको मात्रा धेरै हुन्छ र यसले शरीर स्वस्थ्य रहन सहयोग गर्छ । सलाद अनिवार्य खाने चलन छ ।

९. चिया
जापानमा ग्रिन टि एकदमै लोकप्रिय छ । ग्रिन टिमा एण्टिअक्सिडेण्ट हुन्छ जसले छालालाई स्वस्थ्य राख्छ ।

११.फर्मेण्टिङ
खानेकुरालाई फर्मेण्ट गर्दा त्यसको पोषक तत्व दोब्बर हुन्छ र यो स्वास्थ्यका लागि राम्रो हुन्छ । फर्मेण्टेड बिन्स, काँक्रो, गाजरहरु त्यहाँ उपलब्ध हुन्छन् ।

१२.डेजर्ट
जापानीहरुले डेजर्ट बनाउँदा थोरै चिनि र थोरै फ्याटलाई बढी मान्यता दिन्छन् । केकहरु बनाउँदा चिनीको सट्टा महको प्रयोग गरिन्छ र अधिकांश केकहरुमा फलफुलको मात्रा धेरै हुन्छ ।

यि खानाहरुको प्रयोगले मात्र जापानीहरु स्वस्थ तन्दुरुस्त र स्लिम रहन्छन् भन्ने होइन । नियमित ब्यायम सहित अन्य धेरै कुराहरु छन् जसलाई उनीहरु आँफु फिट रहन प्रयोग गर्छन ।

प्रतिक्रिया दिनुहोस