कृषि स्नातक तहमा भर्ना खुल्यो

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, ०८ : ०७
कृषि स्नातक तहमा भर्ना खुल्यो

काठमाडौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले कृषि स्नातक (बीएस्सीएजी) तहमा भर्ना आह्वान गरेको छ ।

शैक्षिक सत्र २०८०-८१ का लागि भर्ना आह्वान गर्दै विश्वविद्यालयले भदौ १५ देखि असोज १२ गतेसम्म आवदन दिन सकिने जनाएको छ । 

यस्तै प्रवेश परीक्षाको मिति असोज १८ गते निर्धारण गरिएको छ । भर्नासम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस