काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । अहिले केहीबेरमा संसदीय दलको बैठक बस्न लागेको नेता धवलशमशेर राणाले जानकारी दिए ।
संसदीय समितिको सभापति निर्वाचनलाई मध्यनजर गर्दै दलको बैठक बोलाएको सो पार्टीले जनाएको छ । दलहरुबीच राप्रपालाई विकास तथा पूर्वाधार समिति सभापतिको सभापति दिने सहमति भैसकेको छ ।
दलहरुबीचको सहमतिपछि राप्रपाले मकवानपुरका सांसद दीपक सिंहले उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि सो समितिमा माओवादी केन्द्रका माधव सापकोटालाई सभापति बनाउने गठबन्धनको तयारी थियो । सापकोटा यो समितिबाट आउट भएपछि अव माओवादीले कानुन समितिको मात्र नेतृत्व पाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक सुरु
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक शुरू
माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै, बैठकअघि आन्तरिक छलफल