काठमाडौं । सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको सर्वदलीय बैठकको समय सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ ।
मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि आइतबार पनि बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
बागमती प्रदेशको सर्वदलीय बैठक सुरु
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
यस्ता छन् सर्वदलीय बैठकका निर्णय