घुससहित यातायातका कर्मचारी पक्राउ

रासस

सोमबार, २८ साउन २०७५, २१ : ०४
घुससहित यातायातका कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । 

नयाँ सवारी साधन दर्ताका क्रममा साहले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने अभियोगमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

यस्तै आयोगले आजै धोविनी गाउँपालिका पर्सामा कार्यरत नायब सुब्बा एनामुल अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उहाँहरु विरुद्ध सडक ढलान र नाला निर्माण सम्पन्न भएपश्चात् रकम भुक्तानी दिँदा रु एक लाख १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगको टोलीले नायब सुब्बा अन्सारी र लेखापाल यादवलाई घुस लिँदालिँदै कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस