महालक्ष्मी विकास बैंक लिमिटेडको कर्जा योजना

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०७५, १४ : ५४
महालक्ष्मी विकास बैंक लिमिटेडको कर्जा योजना

महालक्ष्मीबिकास बैंक लिमिटेडले ग्राहकवर्गको आवास, शिक्षा तथा अन्य आवश्यकतालाई सहजताकासाथ पुरा गर्ने उद्मेश्यले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको छ । मानिसहरुको घरघडेरी जोड्ने तथा उच्चशिक्षा हाँँसिलगर्ने सपना केवल पुँजीको अभावमा पुरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योेजनाहरु ल्याएको हो ।

योजनामार्फत ग्राहकहरुले घर कर्जामा रु. ५ लाख देखि रु. ५ करोड सम्मको कर्जा र शैक्षिक कर्जामा रु. ५ लाख देखि रु. १ करोड सम्मको कर्जा प्राप्तगर्न सक्नेछन । उल्लेखित कर्जाहरुमात्र वार्षिक १२.९९% को सर्वसुलभ ब्याजदरमा प्राप्तगर्न सकिनेछ भने उक्तकर्जा बैँकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछ ।
२० वर्ष सम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मी घर कर्जा अन्तर्गत, ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्नु हुनेछ । यो सुबिधा अन्तर्गत कर्जा स्वाप गर्न पनि सकिनेछ ।
महालक्ष्मी शैिक्षक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीवर्गले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चा का लागि उल्लेखित कर्जा लिन सक्नेछन । यस कर्जा अन्तर्गत पहिलो ५ वष सम्म ब्याजमात्र बुझाए पुग्नेछ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमाविभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस