धनगढी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको जनाए ।
प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, “पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।”
महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे । भेलामा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, कैलाली इन्चार्ज गणेश ठगुन्नालगायतले पनि पार्टी सङ्गठनका बारेमा धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको विषय प्रधानमन्त्रीसँग जोड्न जरुरी छैन : महासचिव पोखरेल
मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छ : महासचिव पोखरेल
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म अध्यक्ष ओलीप्रतिको आकर्षण अभूतपूर्व : महासचिव पोखरेल
अर्थतन्त्र सबल बनाउनुपर्नेमा एमाले महासचिव पोखरेलको जोड
कोशीमा सरकार भत्काउने गठबन्धनको प्रपञ्च छ : शंकर पोखरेल