काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ सचिव सुरेश आचार्यलाई ३ बुँदे स्पष्टीकरण सोधेका छन् ।
सिंचाइ विभागले गत सोमबार गरेको कार्यक्रममा आफू प्रमुख अतिथि हुँदा मन्त्रीले बहिस्कार गरेको भन्दै उनले बिहीबार तीन बुँदे स्पष्टीकरण सोधेका हुन् ।
‘......नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरि कार्यक्रम बहिष्कार गरेको तपाईलाई अनुशासनको कार्बाही किन गर्नुनपर्ने हो ? तपाईंको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएकाले तपाईलाई किन कार्बाही गर्नुनपर्ने हो ? तपाईंले के कस्को प्रभाव वा पूर्वाग्राही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ? ....२४ घण्टाभित्र स्पष्टिकरण पेश गर्नुहुन जानकारी गराइन्छ’, स्पष्टीकरणपत्रमा भनिएको छ ।
जसमा निजामती सेवा ऐनविपरीतको कार्य गरेको र आफु मातहतको विभागले गरेको कार्यक्रममा विभागीय मन्त्री (मन्त्री अनुपस्थित हुँदा) प्रमुख अतिथिको रुपमा उपस्थित हुँदा पदीय आचरण गरेकाले निजामती सेवा ऐनअनुसार सजाय हुनुनपर्ने कारण भए खुलाउन ३ बुँदे स्पष्टीकरणमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा थपिए पाँच राज्यमन्त्री
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो