दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका(१, सिराडी ग्वालिपिन्नमाबाट गएराति तीन महिने एक शिशु बेपत्ता भएकी छन्।
गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बेपत्ता भएकी हुन्। उनलाई अज्ञात व्यक्तिले अपहरण गरेको हुनसक्ने आशंका अभिभावकले गरेका छन्।
बमबहादुरका दाजु दीपक बुढाले घरमा सबै सुतिसकेको समयमा घर पछाडी राखेको खरमा आगो लगाएर शिशु अपहरण गरिएको बताए। उनले भने, ‘बुवा आमा खरमा लागेको आगो निभाउन गएको बेला शिशु अपहरण गरिएको हो।’
खरमा लागेको आगो निभाएर लगत्तै घरमा आउँदा बच्चा नभएको अभिभावकको भनार्य छ। शिशु अपहरणको योजनाअनुसार नै कुनै समूहले खरमा आगो लगाएको र सबै आगो निभाउन गएको मौकामा बच्चा अपहरण भएको बुढाको दाबी छ।
बेपत्ता पारिएकी शिशुसँगै अर्को छोरा पनि सुतेका थिए। अभिभावक घरमा आउँदा छोरा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए।
घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए। राति नै प्रहरी त्यहाँ पुगेर खोजतलासी गर्दा केही पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए।
उनका अनुसार प्रहरीले खोजतलासी जारी राखेको छ। अभिभावकले शिशुको खोजीका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा पनि आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
भेरी नदीमा खसेर दुई जना बेपत्ता
कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता