चितवन । आज साउनको अन्तिम सोमबार देशभरका शिवालयमा आज दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसी शिवको पूजा गर्दै आएका भक्तजनले विधिवत रुपमा आजदेखि ब्रत समापन गर्दैछन् । साउन महिनालाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भनिन्छ । साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् ।
आज यो वर्षको साउनको अन्तिम सोमबार त्यसैले देशभरका शिवका मन्दिरहरुमा भक्तजनको भीड लागेको छ । पशुपति मन्दिर भने साउनको हरेक सोमबार विशेष हुने गर्छ ।आज पनि पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ। साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् ब्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । आजदेखि बोलबम यात्रा पनि समाप्त भएको छ ।
देशका केहि शिवालयहरुमा देखिएको दृश्य
तस्विर : रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०७५, १३ : १९
लेखकबाट थप