सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च मापन

सफल खबर संवाददाता

सोमबार, २९ साउन २०८०, ०७ : ३३
सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च मापन

काठमाडौ । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।

सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको हो  । 

पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् भने कोसी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस