मकवानपुर । मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गाले लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रवार साँझ मृत्यु भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरोसँगै खसेको ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
“बिहीवार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो”, उनले भने, “हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रवार दिउँसो ढुङ्गा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्याइएको थियो ।” नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएकामा उनको भने अवस्था सामान्य रहेको कार्कीले बताए ।
मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैंलाई गोली हानेका प्रहरीजवान बिष्टको उपचारको क्रममा मृत्यु
आफैँलाई गाेली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु