काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ : ४५ बजेबाट नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बसिरहेको छ । अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठकको एजेन्डा रहेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनका अनुसार बैठकमा आगामी दिनमा संसद्मा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दाबारे छलफल भइरहेको छ । बैठकले डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने लेखकको भनाइ छ।
सांसद सुनील शर्मा पक्राउको विषय एजेन्डामा नरहेपनि बैठकमा केही सांसदले उठाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस संसदीय दलको बैठक जारी
प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेसले बोलायो संसदीय दलको बैठक