राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरू समस्यामा परे : अध्यक्ष सिंह

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, १२ : ०४
राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरू समस्यामा परे : अध्यक्ष सिंह

काठमाडौँ । निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरूको समस्या भोग्नुपरेको बताउँदै विरोध प्रदर्शन गरेका छन् । बिहीबार पनि नेपाल निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीहरूको आफू टिक रहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नुपरेको भन्दै बताएका हुन्। उनीहरुले नेपाल निर्माण व्यवसायी महासङ्घको कार्यालयमा भेला भई संसद् भवन अगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका हुन् । 

कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए । 

कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटक पटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताए  । उनले सरकारले निर्माण व्यवसायीहरूलाई देखाएर निर्माण व्यवसायीहरूले काम गरेनन् भन्ने भ्रम मात्रै सिर्जना गरेको आरोप लगाए । 

अध्यक्ष सिंहले राजनीतिक नेतृत्वको गलत मनसायका कारण र कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको दबाबमा आएर आफू टिक रहनका लागि गरेको अनावश्यक कुकर्मबाट निम्तिएको समस्या निर्माण व्यवसायीहरूको खेपिरहनुपरेको बताए । निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम नगर्न सरकारलाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस