काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २७ वर्षीया फूलमाया जिरेल रहेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिनभवनबाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपरा अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनले पीडितबाट पटक-पटक गरी ३ लाख ७४ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा महिला पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
७० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ
भित्रि वस्त्रमा १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलबाट पक्राउ