काठमाडौँ । काठमाडौँको किर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बा २ ख ३६ ७२ नम्बरको मिनी बस चालक भारत घर भइ हाल काठमाडौंको किर्तिपुर बस्दै आएका ३६ वर्षीय रोशन सिंह, बा ४ ख २७ १७ नम्बरको भाडा बस चालक उदयपुर घर भइ किर्तिपुर बस्ने २८ वर्षीय राम सिह राई, बा ३ ख ४९ ८३ नम्बरको भाडा बस चालक मकवानपुरको कैलाश गाउँपालिका २ घर भएका २६ वर्षीय सुशान्त घर्ती र बा ३ ख १८ ६५ नम्बरका पानी ट्याङ्कर चालक सिन्धुपाल्चोक घर भइ हाल चोभार बस्ने ३० वर्षीय सुनिल के.सि. रहेका छन् ।
उनीहरु चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त किर्तिपुरमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त किर्तिपुर संयुक्त टोलीले आज २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जनाले लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा