डा. केसी बालुवाटारमा, प्रम ओलीसँग भइरहेछ वार्ता

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०७५, १४ : ३१
डा. केसी बालुवाटारमा, प्रम ओलीसँग भइरहेछ वार्ता

काठमाडौँ l सत्ताइस दिन लामो पन्ध्रौं आमरण अनसन तोडेको १६ दिनपछि डा. गोविन्द केसी भेटवार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबीच भेटवार्ता सुरु भएको छ ।

वार्ताका लागि डा. गोविन्द केसी सार्वजनिक यातायात चढेर प्रधानमन्त्री निवास पुगेका थिए । चिकित्सा शिक्षा विधेयकमा तोडमोड भएको भन्दै त्यसको विरोधमा डा. केसी २७ दिनसम्म आमरण अनसन बसेका थिए । सरकारसँग सम्झौता भएपछि डा. केसीले साउन १० गते अनसन तोडेका थिए ।

प्रतिक्रिया दिनुहोस