संवैधानिक परिषद्को बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १४ : ३३
संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्न लागेको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो ।वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन् ।

संविधानको धारा २८४ को उपधारा ३ को व्यवस्थाअनुसार प्रधानन्यायाधीशको अवकाश हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस