धनगढी । नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा स्कुल विभााग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार सत्ता टिकाउन जस्तोसुकै घटिया काम पनि गरिरहेको बताएका छन्।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले यस्तो बताएका हुन्। 'सत्ता टिकाउन अहिलेको सरकार जस्तोसुकै घटिया काम गर्न थाल्यो', ज्ञवालीले भने । उनले ललिता निवास प्रकरणमा निर्णय गर्नेहरु गठबन्धनमै रहे पनि सरकारले उनीहरुसँग सोधपुछ गर्ने सम्मको हिम्मत नगरेको बताए ।
'ललिता निवास जग्गा प्रकरणमा निर्णय गर्नेहरु गठबन्धनमै छन्, सरकारले उनीहरुलाई सोधपुछसमेत गरेन, यसलाई कसरी निष्पक्ष भन्ने?', ज्ञवालिले प्रश्न गरे । व्यापार घाटा डरलाग्दो अवस्थामा रहे पनि सरकार त्यसबारेमा छलफलमै जान नचाहेको उनले आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउँदैन : प्रदीप ज्ञवाली
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो
यो गठबन्धनलाई टिकाउने चुनौती छ : प्रदीप ज्ञवाली
सत्ता गठबन्धन भत्काउने काँग्रेसको प्रयास अनुचित : प्रदीप ज्ञवाली