‘प्रकाण्ड’ अपराधी भएकाले समात्यौ : गृहमन्त्री थापा

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०७५, ०९ : ४७
‘प्रकाण्ड’  अपराधी भएकाले समात्यौ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री राम बहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’ अपराधी भएकाले पक्राउ गरेको प्रतिक्रिया दिनुभएको छ ।
भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले प्रकाण्ड गैर कानुनी कृयाकलापमा संलग्न भएकाले पक्राउ गरिएको उल्लेख गर्नुभयो ।
उनी वारेन्टेड थिए उहाँले भन्नुभयो,“ प्रकाण्ड चन्दा आतंक र कानुन उल्लंघनमा सक्रिय थिए । त्यही भएर पक्राउ गरेको हो ।”
गृहमन्त्री थापाले पक्राउ परेपछि अनौपचारिक वार्ता भईरहेको जानकारी दिनुभयो । यो समुह र अन्य केहि समुहसँग सरकारले राजनीतिक ढङगबाट वार्ताको पहल थालेको बताउनुभयो ।

विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा  प्रकाण्डलाई प्रहरीले मंगलबार काठमाडौंको दक्षिणकालिबाट पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गृहमन्त्रालयको काम देशको शान्ति सुरक्षा प्रत्याभूति गर्ने भएकाले अपराधीक समुहलाई पक्राउ गर्ने कामलाई अगाडि बढाईएको प्रष्ट पार्नुभयो ।
भक्तपुर काँडाघारीका बालक अपहरण गर्नेलाई गृहमन्त्रालयले २४ घण्टामै निष्तेज पार्न सफल भएको उल्लेख गर्नुभयो । विगतमा हुने अपराधीक घटना पनि गुणात्मक रुपले कमी आईरहेको उहाँको भनाई छ । त्यस्तै उहाँले सुन तस्करीको छानविन अन्तिम चरणमा पुग्न लागेको बताउनुभयो ।
 

 

 

प्रतिक्रिया दिनुहोस