एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, ११ : १८
एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुट्ने गिरोहका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी बुधबार पक्राउ परेका हुन् । अजयलाई महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको हो ।

एनएमबी बैंकको शाखामा गत जेठ १६ गते दिउँसै ४ /५ जनाको हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए । लुटपाट गरी नम्बर नभएको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको र चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस