काठमाडौ । भारतको धौलिगंगा बाँध पुनः खोलिएको र महाकाली नदीमा जलस्तर बढ्नसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले सुझाव दिएको छ।
बाँध शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएको सतर्कता अपनाउन बैतडी प्रशासनले आग्रह गरेको हो।
भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको हो।
सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए।
यसअघि गत असार २६ गते परियोजनाको बाँध खोलिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ साउन २०८०, ०८ : ००
लेखकबाट थप