अमेरिकन डाईबेटिज एसोसियसन (एडीए) र विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) का अनुसार मधुमेह रोग पछिल्लो दुई शताब्दीदेखि बढ्दो क्रममा छ । सन् १८९५ मा मधुमेह रोगीको सङ्ख्या विश्वमा ३ करोड जति थियो भने त्यो सङ्ख्या बढेर सन् २०१३ सम्म आईपुग्दा ३८ करोड भन्दामाथि आइपुगेको छ । यो सङ्ख्या सन् २०३५ मा बढेर लगभग ६० करोड पुग्ने अनुमान गरिएको छ ।
मधुमेह रोगी सबैभन्दा बढी भएको पहिलो देश हाम्रो छिमेकी राष्ट्र चीन हो जहाँ लगभग १० करोड जनसङ्ख्या मधुमेह रोगी छन् भने दोस्रो देश पनि हाम्रो छिमेकी राष्ट्र भारत हो जहाँ करिब ७ करोड मधुमेह रोगी छन् । नेपालमा पनि मधुमेह रोगीको सङ्ख्या दिनानुदिन बढ्ने क्रममा छ । यकिन तथ्याङ्क नभएतापनि नेपालमा लगभग १ लाख जति जनसङ्ख्या मधुमेहका रोगी रहेको अनुमान छ । यसको मुख्य कारण अस्वस्थ्य र अव्यवस्थित जीवनशैली पनि हो ।
के हो मधूमेह ?
हाम्रो शरीरमा रहेको प्यानक्रियाजको आईलेट अफ् ल्यागरह्यान्समा रहेको बेटा सेलबाट इन्सुलिन उत्पादन हून्छ । कुनै कारणबस इन्सुलिन कम बनेमा वा इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लूकोजको मात्रा बढ्न जाने अवस्थालाई मधुमेह अथवा डाईबेटिज भनिन्छ ।
मधुमेह टाईप वान्, टाईप टु, गर्भाअवस्थामा हुने गेस्टेस्नल डाईबेटिज र मच्युरिटि अन्सेट अफ् डाईबेटिज इन योङ्ग गरी ४ प्रकारको हुन्छ तर प्राय टाईप वान र टाईप टु डाईबेटिज नै धैरै हून्छ ।
टाईप वान् डाईबेटिज
बिरामी दूब्ला पातला हून्छन् ।
४० वर्ष भन्दा कम उमेरमा बढी हून्छ ।
यो प्रकारको मधूमेह इन्सूलिनको अभावका कारण हूने हुँदा उपचारका लागि इन्सुलिन नै चाहिन्छ ।
बिरामीमा तुरुन्त लक्षणहरु देखिन्छ ।
यो बशांणुगत हूँदैन ।
टाईप टु डाईबेटिज
बिरामी प्राय मोटा हून्छन् ।
४० वर्षभन्दा बढी उमेरका लागि बढी हून्छ ।
यो प्रकारको मधुमेहमा इन्सुलिन रेसिष्टेन्ट (इन्सुलिनले काम गर्ने शक्ति घट्ने अवस्था) हुने हुँदा खाने चक्की वा इन्सुलिन नि आवश्यकता पर्न सक्छ ।
बिरामीमा लक्षणहरु ढिलो देखिन्छ ।
यो बशांणुगत हुन्छ ।
कारणहरु :
टाईप वान डाईबेटिज साधारणतया अटो इम्युनिटि, प्यानक्रियाजका रोगहरु र कहिलेकाही भाइरसको सङ्क्रमणबाट पनि हुन्छ ।
टाईप टु डाईबेटिज प्राय वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ ।
लक्षण तथा चिन्हहरु :
पिसाब बढी लाग्ने (एक रातमा तीन वा सोभन्दा बढी पटक) ।
तिर्खा बढी लाग्ने ।
भोक धेरै लाग्ने ।
तौल घट्ने (टाईप वान डाईबेटिज)
गुप्ताङ्ग चिलाउने ।
केटाकेटीमा रातमा बिस्तारामा बढी पिसाब गर्ने ।
थकाई धेरै लाग्ने ।
घाउ ढिलो निको हुने ।
आाखा धमिलो देख्ने ।
हातखुट्टा झम्झमाउने ।
रगतमा केटोन बडीज अत्याधिक बढेर रोगी बेहोस हुने र समयमा उपचार नभए रोगीको ज्यान समेत जान सक्छ । (टाईप वान डाईबेटिज)
जाँचहरु :
रगत जाँच :
सामान्यतया रगतमा ग्लुकोजको मात्रा खानाअघि ७० देखि १०० र खाना पछि ८० देखि १४० र एचबीएवानसी ५.७ भन्दा तल हुन्छ । तर मधुमेहका बिरामीमा ग्लुकोजको मात्रा खाना अघि १२६ वा त्योभन्दा माथि र खानापछि २०० वा त्योभन्दा माथि र एचबीएवानसी ६ दशमलब ५ वा त्योभन्दा माथि हुन्छ ।
एचबीएवानसी लामो समयसम्म ग्लुकोजको मात्रा नियन्त्रण छ कि छैन भनेर नाप्ने एक जााच हो । यो हरेक तीन महिनामा गरिन्छ ।
पिसाबमा चिनीको जाँच (केटोन बडीज)
इसीजी, बोसो र मृगौलाको जाँच
आँखाको जाँच
उपचार तथा रोकथाम :
खानपान : मधुमेहका रोगीले चिकित्सकको सल्लाहअनुसार दिनमा ६ पटक (३ चोटी खाना र ३ चोटी स्न्याक्स) लिनुपर्छ । यसरी खाँदा हरेकचोटि मात्रा मिलाएर खानुपर्छ ।
व्यायाम : मधुमेहका रोगीले हरेक बिहान कम्तीमा ३० मिनेट ब्यायाम वा मर्निङ्गग वाक गर्नुपर्छ ।
चिकित्सकको सल्लाहअनुसार औषधी चक्की वा इन्सुलिन लिनुपर्छ ।
बशांणुगत मधुमेह छ भने सन्तानहरुलाई हुने सम्भावना बढी हुने हुादा जीवनशैलीमा विशेष ध्यान दिनुका साथै प्रत्येक वर्ष ग्लूकोजको जााच गर्नुपर्छ ।
मधुमेहका रोगीले चोटपटक र घाउबाट बच्नुपर्छ किनभने यी रोगीहरुमा घाउ ढिलो निको हुन्छ ।
खोप: इनफ्लूएन्जा भ्याकसिन, न्युमोकोकल र हेपाटाईटिस भ्याकसिनसबै मधुमेहका बिरामीहरुमा दिनुपर्छ ।
मदिरा, सुर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।
मानसिक रुपमा स्वस्थ रहनुपर्छ जसको लागि ध्यान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०७५, ०८ : २२
लेखकबाट थप