दार्चुला । नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । मेलामा घाँस काट्ने क्रममा शुक्रबार अवेर भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले जनाएका छन् ।
घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक सीताका पति, छोरा, बुहारी र नातीनातिना छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुलामा करेन्ट लागेर एक महिला गम्भीर घाइते