देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १९ : २६
देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने बताएकी छन । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन् ।

उनले देशको चित्र बोलेर नभइ सबैले यहाँ छु भन्ने हिसाबले देखिनु आजको आवश्यकता भएको बताइन् । उनले कांग्रेसमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको बताईन् ।

उनले कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर व्यवहारिक रुपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाएको बताईन् ।

मन्त्री गुरुङले अन्य दलहरुले ठूलो भाषण गरेर आश्वासन बाँडेपनि अन्य पार्टीको विधानमा व्यवस्थित संरचनामा सहभागिताको सुनिश्तिता गर्न नसकेको बताईन् ।

प्रतिक्रिया दिनुहोस