सशस्त्र प्रहरीद्वारा ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, ०७ : २२
सशस्त्र प्रहरीद्वारा ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद

File pic

काठमाडौ । सशस्त्र प्रहरी बल नेपालले भन्सारबाट वीरगञ्जतर्फ आउँदै गरेका ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको मोबाइल टोलीले बिलबिजकभन्दा बढी एवं फरक मालसामान रहेको भन्ने विशेष सूचनाको आधारमा सामान बरामद गरेको हो ।

टोलीले ना६ख २३३५, ना६ख ४४४६ र बा.प्र. ०३–००१ ख १९९७ नम्बरको ट्रक र बिलमा उल्लेख भएको मूल्य १ करोड २१ लाख २२ हजार ८३७ रुपैयाँ बराबरको भटमास, किसमिस लगायत बिलमा उल्लेखित सामानहरूसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए । 

बरामद सामान आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस