भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, २० : ०१
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वास्थ्यमन्त्रीको पत्र कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले पत्र कार्यन्वयन नगर्न विपक्षी स्वास्थ्य मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।  मन्त्रिपरिषद् बैठकबाट निर्णय भई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त भएका डा.विष्णुदत्त पौडेललाई हटाएर उनको स्थानमा नवौं तहका डाक्टर उज्जल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउने गरी स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निर्णय गरेका थिए ।

सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका पौडेलको माग बमोजिम अदालतले अन्तरिम आदेश जारी गरेको हो । 

झापाका विष्णुदत्त पौडेललाई २०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो ।

तत्कालीन केपी शर्मा ओली सरकारको पालामा मन्त्रिपरिषद्को निर्णयबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । सोही अस्पतालमा ११ औँ तहमा कार्यरत डाक्टर विष्णुदत्त पौडेललाई कार्यकारी निर्देशक बनाउँदा सरकारले गठन आदेशमार्फत बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस