तीज कार्यक्रमका लागि समीक्षालाई विदेशबाट डिमाण्ड, अस्ट्रेलियामा प्रस्तुति तय

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, ११ : ५६
तीज कार्यक्रमका लागि समीक्षालाई विदेशबाट डिमाण्ड, अस्ट्रेलियामा प्रस्तुति तय

काठमाडौं। गायिका समीक्षा अधिकारी पछिल्लो समय रेकर्डिङमा निकै व्यस्त छिन् । उनले एकैदिन पाँच/सात वटासम्म गीत रेकर्ड गराउने गरेकी छन् ।रेकर्डिङमा मात्र होइन्, स्टेज कार्यक्रममा पनि उनको सक्रियता क्रमशः बढ्दैछ ।

विदेशका साङ्गीतिक कार्यक्रमबाट समेत उनको डिमाण्ड हुन थालेको छ । समीक्षाले यस वर्षको तीजमा विदेशमा साङ्गीतिक प्रस्तुति दिने भएकी छन् । अस्ट्रेलियाका दुईवटा कार्यक्रममा उनको प्रस्तुति रहने तय अहिल्यै भइसकेको छ । 

अस्ट्रेलियाको सिड्नी र एलिलेडमा उनको प्रस्तुति रहने तय भइसकेको हो । यो कुराको जानकारी उनी स्वयंमले दिएकी हुन् । ‘सिड्नीमा मात्रै हैन तपाई सबैको मनोरञ्जन गर्न एडिलेड आउँदैछु । छिट्टै सबै भेटौँला’ – एलिलेड कार्यक्रमको पोष्टर राख्दै उनले फेसबुकमा लेखेकी छन् ।

यी दुवै कार्यक्रममा चर्चित लोकगायक पशुपति शर्माको पनि प्रस्तुति रहनेछ । समीक्षा केही महिना अघिमात्रै पनि साङ्गीतिक कार्यक्रमको शिलशिलामा अस्ट्रेलिया पुगेकी थिइन् । 

 

प्रतिक्रिया दिनुहोस