अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको आज अपराह्न ४ बजेदेखि बैठक बस्दैछ । आगामी आर्थिक वर्ष २०८०(८१ का लागि ल्याइएको बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ ।
यही असार १ गते प्रदेशसभामा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पेस गर्नुभएको बजेटमाथिको छलफल आजदेखि अघि बढ्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।सत्तापक्ष र प्रतिपक्षी दलले सरकारले ल्याएको वार्षिक कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्नु, प्रदेशसभा सदस्य प्रदेश बाहिर रहनु र सरकारले तयारी अघि नबढाउँदा बजेटमाथिको छलफल ढिला गरी अघि बढ्न लागेको सभामुख भण्डारीले बताए ।
उनले भने, “आज प्रदेशसभा बैठक बस्छ, अहिले कार्य परामर्श समितिको बैठक बसिरहेको छ, यकीन समय भन्न सकिँदैन, कार्य परामर्श समितिले बजेटमाथिको छलफललाई नै प्रमुख एजेण्डा बनाउनसक्ने देखिएको छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा
सुदूरपश्चिममा विश्वासको मत दिन हतार गर्ने बेला भएको छैन : एमाले
काँग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्रीको कडा प्रतिवाद गर्ने
विश्वासको मत लिन मुख्यमन्त्री सोडारीले बोलाए प्रदेश सभा बैठक
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी