हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास गरेको हो।
यसअघि प्रदेशसभामा सरकारले ल्याएको बजेट प्रति विरोध जनाउँदै आएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपा लगायतका दलहरूको मागलाई पनि सम्बोधन हुनेगरि सत्तापक्षले छुटेका योजनालाई समावेश गर्ने भएपछि बजेट पास भएको हो।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले कुल विनियोजित बजेट मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रति रकम समावेश गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षमा ल्याएको बजेट भन्दा झन्डै ८ अर्बले कम रहेको छ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो। यसअघि प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट सत्तापक्षको मुख्यमन्त्री र मन्त्रीहरू केन्द्रित मात्रै भएको भन्दै प्रतिपक्ष दलहरूले विरोध जनाउँदै सदन अवरुद्ध गर्दै आएका थिए।
साथै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाले बजेट संशोधन हुनुपर्ने माग राख्दै ९ जना प्रदेशसभा सदस्यले प्रस्ताव पेस गरेका थिए। सरकारले ल्याएको बजेट बहुमतले पारित भएसँगै प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि समेत स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने