काठमाडौ । नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज सोमबार असार १८ गते अन्तिम दिन हो ।
यसले असार ३१ गते साधारण सभा गर्दैछ । यसका लागि मंगलबार असार १९ गते बुक क्लोज गर्ने भएको छ ।
साधारण सभामा सीआइटीले २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोषको ब्याजदर परिवर्तन, थप प्रतिफल पनि दिने निर्णय