हेटौडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक दिउसो २ बजे बोलाइएको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ। सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो ।
उनीहरूको आरोप छ कि बजेट विभेदकारी छ । तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद् रहेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित
बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय