प्रतिभा निखार्न मुम्बई उडिन् मिस प्रसिद्धि शाह

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, १४ : २५
प्रतिभा निखार्न मुम्बई उडिन् मिस प्रसिद्धि शाह

काठमाडौँ । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह मुम्बई उडेकी छन् । मिस इन्टरनेसनलको तयारीका लागि उनी आमा रुबी राणासँगै शुक्रबार मुम्बई उडेकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै मुम्बई यात्राको जानकारी दिएकी छन् ।

मिस इन्टरनेसनल आगामी कात्तिक ९ गते जापानको टोकियोमा आयोजना हुँदैछ । जसका लागि उनले मुम्बईमा ग्रुमिङ, वाकिङ, मेकअप लगायतका विषयमा आफूलाई निखार्ने छिन् । कार्यक्रममा उनले वातावरणको परिचय दिनुको अलवा नेपाली कलासंस्कृति र भेषभुषाको समेत जानकारी दिनेछिन् ।

प्रतिक्रिया दिनुहोस