चितवन । केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ । तर त्यस्तो केही हुँदैन । महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन् । सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् ।
मुटुका लागि फाइदाजनक
रक्तदान मुटुका लागि राम्रो मानिन्छ । नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ । रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ ।
नयाँ रक्तकोशिका बन्छ
शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुूर्ण भुमिका हुन्छ । नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
क्यालोरी खपत हुन्छ
एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ । यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन ।
क्यान्सर हुने खतरा कम हुन्छ
क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान गर्नुपर्छ । नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ । किनभने रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।
निःशुल्क चिकित्सा जाँच
शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैंन । यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ। रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ । रक्तदानपछि एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०७५, १४ : ४४
लेखकबाट थप