काठमाडौं । आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । साे खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेवाट सुरु हुनेछ।
साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन । समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानवाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अंक विहीन रहदै पुछारमा रहेर बाहिरिन पुगेका हाे । दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन ।
जसअनुसार पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेश लगातार दोस्रोपटक बन्यो च्याम्पियन
साफ च्याम्पियनसिप : साविक विजेता बंगलादेशसँग सेमिफाइनल भिड्दै भुटान
साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने
साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने
महिला साफ च्याम्पियनसिप: नेपाल आइपुग्यो पाकिस्तानी टिम