काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन ।
आईतवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले सांसदहरुले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा। प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरेर अहिले कुनैपनि विकल्प नरहेको बताए ।
उनले भने, ‘बजेट पास हुन्छ, सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि बजेट पास हुनेछ । अर्थमान्त्रीज्युले बजे संशोधन गर्छु र उठेका सवाल सुधारेर जान्छु, भन्नुभएको छ, उठेका कुरा सम्बोधन गरिनुपर्छ । अर्थमन्त्रीज्युले प्रतिवद्धता जनाउनु हुन्छ मेरो विचारमा । बाँकी कुरा सुधार गर्ने अधिकार मन्त्रीपरिषद्लाई हुन्छ । त्यसैले यहाँ केही कमिटमेण्ट गराएर पार्टी र संसदलाई आश्वस्त पार्नुहुन्छ । विधि, प्रक्रियामा लगेर उठेका विषय सम्बोधन गर्ने प्रक्रियाबाट अघि बढ्छ । प्रचण्ड सरकार फेरेर अर्को कुनै विकल्प तत्काल छैन । नेपाली काँग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि हुँदैन । नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन ।’
उनले नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पार्यो : माधव सापकोटा
रास्वपाले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोज्यो : माधव सापकोटा
प्राधिकरणका सदस्यलाई हटाएर सरकार निरङ्कुश बन्दैछ : माधव सापकोटा
कांग्रेस र एमालेबीच भएको सम्झौता सार्वजनिक गर्न माओवादीको चुनौती
तत्काल सत्ता समीकरण बदलिने आशंकामा सत्यता छैन : सांसद सापकोटा
काँग्रेसले सभामुख, प्रधानमन्त्री र ओलीमाथि दुर्व्यवहार गर्यो, माफी माग्नुपर्छ : माधव सापकोटा