काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले भिडबाट आफ्नो कुरा सिद्ध गर्न खोजेको टिप्पणी गरेका छन् ।
मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशद्वारा आयोजित लोकप्रियतावाद, सिद्धान्त, समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विधि मान्छु भनेपनि भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्न खोजिरहेको बताए।
‘मुलधारमा राजनीतिज्ञलाई पार्टीको आफ्नो अनुशासन र विधान हुन्छ । सामाजिक विधि र पद्धतिमा हामी कहीँ न कहीँ बाँधिनुपर्छ’, उनले रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै भने, ‘लोकप्रियतावादीहरूलाई विधि र प्रक्रियाले कम बाँध्छ, अहिले नै हेर्नुभयो भने विधि मान्छु पनि भन्छ, अनि कहीँ न कहीँ भिडद्वारा आफ्नो कुरालाई सिद्ध गर्नको लागि ज्यादा जोड गरिरहेको हुन्छ ।’
अहिले नेताहरू असफल भए भन्नेतिर बहस केन्द्रित भएको भन्दै समाजवादको व्याख्यामा नै अन्तर परेकाले मुलुकको राजनीतिक बिग्रिएको बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पार्यो : माधव सापकोटा
प्राधिकरणका सदस्यलाई हटाएर सरकार निरङ्कुश बन्दैछ : माधव सापकोटा
कांग्रेस र एमालेबीच भएको सम्झौता सार्वजनिक गर्न माओवादीको चुनौती
तत्काल सत्ता समीकरण बदलिने आशंकामा सत्यता छैन : सांसद सापकोटा
काँग्रेसले सभामुख, प्रधानमन्त्री र ओलीमाथि दुर्व्यवहार गर्यो, माफी माग्नुपर्छ : माधव सापकोटा
गृहमन्त्रीबारे सदनमा प्रधानमन्त्रीको जवाफ राज्य संयन्त्रले दिएको तथ्य हो : सांसद सापकोटा