उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पार्‍यो : माधव सापकोटा

सफल खबर संवाददाता

मंगलबार, १८ मंसिर २०८१, १२ : ५७
उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पार्‍यो : माधव सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपचुनावले सबै दलहरूको यथार्थ धरातल स्पष्ट पारेको बताएका छन् ।

उपचुनावको अन्तिम नतिजा सार्वजनिक भई त्यसको सन्देशका बारेमा विभिन्न कोणबाट समीक्षा भइरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘‘जनमत चलायमान छ भन्ने मूल सन्देश मत परिणामले दिएको छ । सबै दलहरूको यथार्थ धरातल स्पष्ट पारेको छ ।’

शहर र मधेसमा माओवादीको भोट ग्राफ बढेको उल्लेख गर्दै उनले निर्वाचनको कोर्षमा माओवादीलाई परिपक्व जनआधार सहितको मुख्य शक्तिको रूपमा स्थापित गरिदिएको बताए ।

‘सबै नेता र कार्यकताहरु आ-आफ्नो फिल्डमा जमेर लाग्ने र जनतातर्फ फर्कँदा मुख्य शक्तिको रूपमा परिणाम निकाल्न सकिन्छ भन्ने मनोबल प्रदान गरेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस