महिलाको शरिरको त्यो सबैभन्दा रहस्यमयी हिस्सा

एजेन्सी

विहीबार, १७ साउन २०७५, १५ : ०५
महिलाको शरिरको त्यो सबैभन्दा रहस्यमयी हिस्सा

-एलिसिया बार्ने /बीबीसी
महिला पुरुषभन्दा बढि बाँच्छन् भन्ने मान्यता छ । विज्ञान अनुसार यसको कारण महिलाको जटिल शारिरिक संरचना हो । योमध्ये सबैभन्दा जटिल छ, उनीहरुको कोख अर्थात् प्रजनन अंगको संरचना जसलाई अंग्रेजीमा पेल्विक फ्लोर भनिन्छ ।

पेल्विक फ्लोर बलियो हुनुपर्ने धेरै मानिसको तर्क छ । तर अहिलेसम्म यसले  कसरी काम गर्छ भन्ने बारे कुनै सटिक जानकारी छैन ।

पेल्विक फ्लोर पुरुषमा पनि हुन्छ । तर महिलाले जस्तै उनीहरुले बच्चालाई जन्म दिनुपर्दैन । त्यसकारण उनीहरुले महिलाले जस्तै समस्याको सामना पनि गर्नुपर्दैन ।

के हो पेल्विक फ्लोरः
पेल्विक फ्लोर शरिरको त्यो हिस्सा हो जसमा पिसाब थैली, पाठेघर, योनी र मलाशय हुन्छन् । यो हिस्साले महिलाको शरिरको सबैभन्दा महत्वपूर्ण अंगलाई सजाएर राख्छ । त्यसलाई सही तरिकाले काम गर्न मद्दत गर्छ ।

तर संसारभरीका लाखौं महिलालाई पेल्विक फ्लोरमा कुनै न कुनै समस्या हुने गर्छ । यो महिलाको शरिरको अत्यधिक महत्वपूर्ण हिस्सा हो । तर यति हुँदा हुँदै पनि यसमाथिको अनुसन्धान शून्य बराबर छ ।

अमेरिकाको मिशिगन युनिभर्सिटीमा पेल्विक फ्लोर रिसर्चर र गाइनाकोलोजिस्ट जेनिर मिलरका अनुसार शारिरिक संरचनामा दिमागपछि पेल्विक फ्लोर सबैभन्दा जटिल छ ।

यसको कामको तरिकामाथि अहिलेसम्म स्पष्ट रुपमा कुनै अनुसन्धानको नतिजा सार्वजनिक हुन सकेको छैन ।

शोधकर्ताका लागि यो अहिलेसम्म शरिरको रहस्यमयी हिस्सा बनेको छ । पेल्विक सिस्टम कोखको हड्डीबीच लुकेको हुन्छ जहाँसम्म पुग्न सजिलो छैन ।

यसका साथै शारिरिक संरचनामा हरेक कुरा एकअर्कोसँग जोडिएको हुन्छ । जोन हप्किन्स युनिभर्सिटीमा गाइनाकोलोजीकी प्राध्यापक भिक्टोरिया हान्डाका अनुसार पेल्विक फ्लोरको कुनै समस्याले महिलाको पूरा जीवन नै ध्वस्त हुन सक्छ ।

यसको समस्याले जीवनलाई खतरा हुँदैन त्यसकारण यसलाई न त ध्यान दिइन्छ न नै यसलाई अनुसन्धानकर्ताले गम्भीरतापूर्वक लिएका छन् ।

अनुसन्धानको कमीका कारणः
विज्ञानले हरेक क्षेत्रमा अत्यधिक सफलता हाँसिल गरेको छ । तर महिलाको शरिरको यति महत्वपूर्ण हिस्सामा अहिलेसम्म कुनै सार्थक अनुसन्धान हुन सकेको छैन । प्रोफेसर हान्डाका भन्छिन्, ‘दुर्भाग्यवश स्वास्थ्यको क्षेत्रमा आजसम्म जति पनि अनुसन्धान भएको छ, त्यो पुरुषमाथि भएको छ । ’

लगभग सबै अनुसन्धान महिला र पुरुषका दुबैको शारिरिक संरचनालाई एकै मानेर गरिएको छ । महिलाको शरिरमा भिन्न अनुसन्धानको आवश्यकतालाई बुझिएन ।

यसका साथै महिलाको शरिर, उनीहरुको गुप्ताङ्ग र यौनरोगबारे कुरा गर्न हिच्किचाइन्छ जसका कारण महिलाको शरिर पुरुषको भन्दा फरक हो, त्यसकारण यसबारे भिन्न अनुसन्धान गरिनुपर्ने बारे कहिले पनि खुलेर कुरा गरिएन ।

अवस्था यस्तो छ कि अमेरिकी कांग्रेसमा कहिले पनि कुनै सांसदले महिलाको पेल्विक फ्लोर सिस्टममाथि अनुसन्धानका लागि कोषको माग गरेका छैनन् ।

यद्यपी, हालै यो दिशामा केही अनुसन्धान गरिएका छन् । प्रोफेसर मिलर र उनका साथीले मिलेर एम.आर.आईमार्फत बच्चालाई जन्म दिएका कारण पेल्विक फ्लोरमा विभिन्न प्रकारको चोट लाग्ने गरेको पत्ता लगाए ।

प्रजननको क्रममा चोटः
एमआरआई इमेजमार्फत डेलिभरीको क्रममा विभिन्न महिलाको लेवेटर एनी नामको मांशपेशी फुट्ने गरेको पत्ता लाग्यो जसका कारण कोखको एउटा हिस्सा ठूलो भएर यौनाङ्ग बाहिर आउने गर्छ । यसले पेल्विक फ्लोरलाई कमजोर बनाउँछ ।

यद्यपी, यो कति महिलालाई र कसरी हुन्छ, त्यसको आँकडा अलग छ । एक अनुसन्धानले १३ देखि ३६ प्रतिशत महिलालाई नर्मल डेलिभरीका क्रममा हुने बताएको छ । जबकी प्राध्यापक मिलरको अनुसन्धान अनुसार यो आँकडा पाँचदेखि १५ प्रतिशत महिलालाई हुन्छ ।

रोचक कुरा के छ भने लेवेटर एनी माशंपेशी फुट्नेबारे बिरामी वा डाक्टर दुबैलाई थाहा हुँदैन । बच्चा जन्माउने क्रममा महिलाको आन्तरिक अंगमा विभिन्न प्रकारका अनगिन्ती स–साना चोट लाग्ने गर्छ । यसलाई सामान्य मानिन्छ ।

तर नयाँ अनुसन्धानपछि पेल्विक फ्लोरसँग जोडिएको समस्या सुल्झाउन मद्दत मिल्नेछ । यद्यपी, पेल्विक फ्लोर बलियो बनाउनका लागि केगल व्यायाम गर्ने सुझाव दिइन्छ ।

प्रतिक्रिया दिनुहोस