सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- २ स्थित च्याछरा भीरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ ।
हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २, २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए ।
जीपमा चालकसहित १३ सवार थिए । जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
हुम्लाको च्याछहरा भीरमा उकालो चढ्दै गरेको जीप भिरबाट कर्णाली नदीमा खसेको हो । उक्त दुर्घटनामा चालक हाम फालेर बच्न सफल भएको तर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
उकालोमा जीपमा सवार यात्रु ओर्लिएर चालक मात्रै गएका कारण अन्य मानवीय क्षति नभएको प्रनाउ भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त
कर्णालीको सरकार विस्तार, को को बने मन्त्री ?
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीमा माओवादी संसदीय दलको बैठक सुरु