नयाँ दिल्ली। रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप विवादमा परेको छ । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेड छाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दु सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । यस याचिकामा हिन्दु सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ।
हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेको जानकारी दिए । उनका अनुसार ‘आदिपुरुष’ विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ कि यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो। जस अनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।
निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढङ्गले प्रस्तुत गरी हिन्दु समुदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दु धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रूपमा व्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ ।
रामलाई जीसस जस्तो देखाइएको, सुनको दरबारमा बस्ने रावणलाई अजिङ्गरको घेरामा बसेको देखाइएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संवाद पनि कतिपय ठाउँमा र्यापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।निर्देशक ओम राउतको ‘आदिपुरुष’ हिन्दु महाकाव्य रामायणमा आधारित फिल्म हो । फिल्ममा प्रभास ‘भगवान् राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । यो सँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् ।
ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो फिल्मपछि निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो । अहिले यो फिल्म रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । नेपालमा पनि ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद राखे पछि काठमाडौँ महानगरपालिकाले सो फिल्मको प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संवाद विप गरेपछि नेपालमा प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १२ : ४३
लेखकबाट थप