एजेन्सी । क्रोएसिया नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा पराजित गर्दै यूईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
ब्रुनो पेटकोभिच र लुका मोडरिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसियाको उपाधि नजिक पुगेको हो । घरेलु मैदान डे कुइप स्टेडियममा भएको खेलमा डोनयाल मालेनले ३४औं मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई पहिले अग्रता दिलाएका थिए ।तर, क्रोएसियाले खेलमा कमब्याक गर्यो। ५५औं मिनेटमा आन्द्रे क्रमारिचले पेनाल्टीमा बराबरी गोल फर्काए । ७२ औं मिनेटमा मारियो पासालिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए ।
खेलको इन्जुरी टाइममा नेदरल्याण्ड्सका नोया लाङले गोल गरेपछि खेल २–२ को रोमाञ्चक स्थितिमा पुगेको थियो । तर,अतिरिक्त समयमा दुई गोल गर्दै क्रोएसियाले बाजी मार्यो । पेटकोभिचले ९८ औं र मोडरिचले ११६ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि क्रोएसियाले फाइनलमा स्थान बनाउन सफल भयो । क्रोएसियाले अब उपाधिका लागि स्पेन र इटलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको फराकिलो जित