काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट (यूएई) को संयुक्त कार्य समूह (ज्वोइन्ट) को बैठक बस्दैछ । त्यसका लागि यूएईको टोली नेपाल आइपुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोलीसँगै सन् २०१९ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका विविध विषयमा छलफल हुनेछ ।चन्द्रागिरीमा आज र भोली गरेर दुईदिनसम्म वार्ता हुने श्रम मन्त्रालयले जनाएको छ ।
नेपाल र यूएईबीच सन् २०१९ मा श्रम सम्झौता भएको थियो । श्रम सम्झौता भएपछि प्रत्येक वर्ष संयुक्त कार्य समूहको बैठक बस्दै आएको छ । श्रम सम्झौता कार्यान्वयनको क्रममा आउनसक्ने समस्या र तिनको समाधानका लागि संयुक्त कार्य समूह गठन गरिएको हुन्छ । त्यही समूहको बैठक बस्न लागेको श्रम मन्त्रालयका सह–सचिव राजिव पोखरेलले बताए ।
‘कार्यान्वयनमा के–के समस्या भयो ? कहाँ कहाँ सुधार गर्नुपर्छ भन्ने विषयमा छलफल गर्नका लागि संयुक्त समितिको बैठक राखेका हुन्छौं । श्रम सम्झौता गरेको चार वर्ष पुरा भयो । गत वर्ष यूएईमा गरेका थियौं । यो वर्ष नेपालमा आयोजना गरिएको हो’ सह–सचिव पोखरेलले भने ।वार्ताको क्रममा श्रम सम्झौताको निरन्तरता दिने विषयमा समेत छलफल हुनेछ ।
नेपालको एजेण्डा:
वार्ताका लागि नेपालले श्रमिकको हकहितका लागि विभिन्न खाले एजेण्डाहरू तय गरेको छ । सह–सचिव पोखरेलका अनुसार नेपालले श्रमिकको हक हितका लागि न्यूनतम तलब, वर्किङ आवर, बीमा, सामाजिक सुरक्षा, डेथ बडीलाई चाडो नेपाल पठाउने लगायतका विषय रहेका छन् ।
त्यस्तै यूएईले घरेलु कामदारको विषयलाई प्राथमिकताका साथ उठान गर्ने भएको छ । यूएईले विगतदेखि नै घरेलु कामदारको कुरा उठान गर्दै आएको छ । उसले नेपालबाट घरेलु कामदार माग गर्दै आएको छ ।
यूएईले नेपाली कामदारलाई दक्ष बनाउने विषयलाई समेत उठान गर्नेछ । दुवै पक्षबीच विविध विषयमा छलफल भएर निर्णय गर्दै दुवै देशका सरकार समक्ष पेश गर्नेछन् ।नेपालले कतिपय कानुनी व्यवस्थालाई श्रमिक मैत्री बनाउने गरी सुधार गर्नुपर्ने, यूएईबाट फर्किएका श्रमिकलाई सामाजिक एकीकरण र श्रमिकको सीप विकासमा सहयोग लिने विषयमा समेत नेपालले कुरा उठान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने
किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य